प्रचण्ड जिपलाइनमा सरर
प्रचण्ड जिपलाइनमा सरर
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

काठमाडौबाट करिब ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित