मुम्बइको ६० तले बिल्डिङमा भीषण आगलागी, बच्न बाल्कोनीमा झुण्डिँदा १९ तलाबाट खसेर मृत्यु
मुम्बइको ६० तले बिल्डिङमा भीषण आगलागी, बच्न बाल्कोनीमा झुण्डिँदा १९ तलाबाट खसेर मृत्यु
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

भारतको मुम्बइमा करी रोडस्थित ६० तलाको अपार्टमेन्टमा शुक्रबार भीषण आगो लागेको छ । भारतीय मिडियाले जनाएअनुसार अबिघ्ना पार्क अपार्टमेन्टमा दिउँसो १२ बजे आगो लागेको हो । आगलागीस्का कारण एक व्यक्तिको मृत्यु भएको छ । यी व्यक्तिको मृत्यु अपार्टमेन्टको १९ औं तलाबाट खसेर भएको हो ।

मुम्बइका मेयर किशोरी पेटनेकरले घटनास्थल गएर घटनाको निरीक्षण गरेका छन् । घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा आगो लागेपछि बिल्डिङमा हाहाकार मच्चिएको देख्न सकिन्छ । एक व्यक्ति ज्यान बचाउनको लागि बिल्डिङको बाल्कोनीमा झुण्डिएका थिए तर उनको सन्तुलन बिग्रिएपछि उनी १९ तलाबाट खसे । उनको खसेर मृत्यु भएको छ । उनको नाम अरुण तिवारी भएको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित