बैंकमा गार्डले मास्क लगाउन पठाएपछि रिसाएका अर्बपतिले सबै कर्मचारीलाई सजाय दिए
बैंकमा गार्डले मास्क लगाउन पठाएपछि रिसाएका अर्बपतिले सबै कर्मचारीलाई सजाय दिए
    • Bell Sanchar

    • ५ कार्तिक २०७८, शुक्रबार

कोरोनाभाइरस महामारीका कारण अहिले मास्क लगाउनु अनिवार्य जस्तै भएको छ । तर, अझै पनि केही व्यक्तिहरु भने मास्क लगाउन मन पराउँदैनन् । चीनमा एक जना अर्बपति बैंक गएका बेला बैंकका सुरक्षा गार्डले उनलाई मास्क लगाउन पठाएका थिए । यही कुरामा रिसाएका ती अर्बपतिले त्यो बैंकबाट आफ्नो सबै पैसा निकाले ।

यतिमात्र होइन ती अर्बपतिले आफूसँग खराब व्यवहार गरिएको भन्दै बैंकका कर्मचारीहरुलाई विचित्रको सजाय दिए । चीनको शांघाइमा होंगमेइ रोडमा रहेको बैंक अफ शांघाइमा गएका ती व्यापारीले गार्डको व्यवहारलाई निकै खराब बताउँदै बैंकबाट सबै पैसा निकालेर त्यो सबै पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । सामाजिक संजाल विबोमा सनवियर नामले चिनिने अर्बपतिले बैंकका कर्मचारीको व्यवहारबाट निराश भएर यस्तो कारवाही गरेको बताएका छन् ।

रिसाएका यी अर्बपतिले चीनको बैंकको एक दिनमा बढीमा ५ मिलियन युआन (करिब साढे ९ करोड रुपैयाँ) निकाल्न पाइने अधिकारको प्रयोग गरे जुन त्यहाँ बै.कका कर्मचारीको लागि निकै ठूलो संकटभन्दा कम थिएन । उनले यो पैसा बैंकका कर्मचारीले हातले गनेर दिनुपर्ने माग गरे । बैंकका कर्मचारीले यो पैसा गनेर ब्यागमा भरेको तस्वीर उनले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।

सनवियरका अनुसार उनी बैंकमा भएको सबै पैसा निकालेर नसकिँदासम्म यसैगरी पैसा निकाल्न बैंकमा गइरहनेछन् र हरेक पटक कर्मचारीले उनलाई यसैगरी हातैले गनेर पैसा दिइरहनुपर्नेछ । आफ्नो पोस्टमा अर्बपतिले आफ्नो वास्तविक नामको खुलासा गरेका छैनन् ।

साताकाे चर्चित
सम्बन्धित