कराँते सिक्न गएकी बालिका गुरुबाटै ३ वर्षदेखि बलात्कृत !
कराँते सिक्न गएकी बालिका गुरुबाटै ३ वर्षदेखि बलात्कृत !
    • Bell Sanchar

    • ६ कार्तिक २०७८, शनिबार

काठमाडौं जिल्ला टेकुस्थित पचली भैरव सितोरियो डोजोमा कराँते सिक्न गएकी बालिका गुरुबाट नै ३ वर्ष देखि बलात्कृत भएको पाइएको छ ।

कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नम्बर १ सुक्खाट घर भएका ३५ वर्षिय सागर शाही ठकुरीले काभ्रे जिल्ला घर भएकी सुनिता लामा (नाम परिवर्तन) नाम गरेकी १४ वर्षकी बालिकालाई निरन्तर बलात्कार गरेको पाइएको हो ।

 

काठमाडौं तिरै सानोतिनो रेष्टुरेन्ट व्यवसायी गरेर बसेको धावा लामा (नाम परिवर्तन)को एक छोरा,छोरी र श्रीमती छन् । मेहनत गरेर आफ्नो छोरीलाई भविष्य ठुलो खेलाडी बनाउने उदेश्यले आफ्नै नजिकको साथी पर्ने शाहीसँग कराँते सिक्न पठाएका थिए । तर आफ्नै साथीबाट यत्रो ठुलो अपराधिक काम भएपछि लामालाई छागाबाट खसेजस्तै अनुभव भइरहेको उज्यालो नेटवर्कसँग सुनाउँछन् ।

कसरी सुरु भयो घट्नक्रम ?

करिब ५/६ वर्षको उमेरमै कराँते सिक्न गएकी सुनिता अहिले १४ वर्षकी भइन् । उनी सितोरियोका ब्ल्याकबेल्ड समेत हुन् । ११ वर्षको उमेरमा उनी पहिलोपटक टेकुस्थित पचली भैरव सितोरियो डोजोभित्रै गुरु सागर शाही ठकुरीबाट बलात्कृत भइकी थिइन् । यो कुरा अरुलाई भने घरपरिवार सबैलाई मारिदिने धम्कि आएपछि बलात्कारमा परेकी लामाले डराएर बाहिर कसैलाई भन्न सकेनन् ।

आमाबुबा दुबैजना काममा गएको मौकामा शाही घरमै आइपुग्थे । सानोभाईलाई राम्रोसँग पढ्नु छैन भनेर झापाड हानेर बाहिर लखेटेर एक्लै बनाएर पटकपटक बलात्कार गरेको बयान पीडित लामाले दिएकी छिन् ।

अघिल्लो वर्ष फागुन ६ गतेदेखि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा ‘मेयर कप राष्ट्रिय कराँते प्रतियोगिता–२०७७’ मा भाग लिनको लागि तिनै शाहीद्धारा सञ्चालित सतुंगल डोजोबाट १२ जना पुरुष र ३ जना महिला लिएर शाही पुगेका थिए ।

प्रतियोगिताको दोस्रो दिन खेल जितेको उपलक्ष्यमा राति शाहीले मदिरा पार्टी राखे । कहिल्यै मदिरा नपिउने सुनितालाई पनि कोल्ड ड्रिंग्समा मदिरा मिसाएर खुवाएको पत्तै भएन । रक्सीको नसामा शाहीसँगै कैलाली जिल्ला गोदावरी नगरपालिका मालाखेति घर भएका खेलाडी सन्देश बाँस्कोटालाई समेत ‘मोज गर’ भनेर सुनितालाई बलात्कार गर्न लगाए ।

 

‘राति गुरु सागर शाही र आफु संगै कराँते खेल्ने साथी सन्देश बाँस्कोटाले बलात्कार गरेको मात्रै थाहा छ । बाँकी कस–कसले के–के गर्यो केही थाहा भएन । बिहान बिउँझिदा रगत नै रगत भएर बसेको रहेछ । अब यो कुरा आमाबुबाले भन्छु भनेर हिम्मत जुटाउन थालेको थिए। फेरि यो कुरा अरुलाई बताए सबलाई खुकुरी हानेर मारिदिने धम्कि दिएपछि घरमा भन्ने हिम्मत आएन’ पीडित लामाले गहभरी आँशु पार्दै उज्यालो नेटवर्कसँग सुनाइन् ।

कक्षा–८ मा अध्ययनरत लामालाई पुनः गत असोज–८ गते शाहीले असोजदेखि तराईमा प्रतियोगिता छ तालिमको लागि डोजो आउनु भनेर घरमै बोलाउन आए । तर उनी जान मानेन । विद्यालयमा सधैं प्रथम हुने सुनिता विस्तारै पढाइ बिग्रिदै गएको र एकान्तमा बसेर झोक्रेको देखेर बुबालाई आफ्नो छोरीलाई केही त भएको छ भन्ने शंका लाग्न थालेको थियो ।

पढाइ पनि बिग्रेदै गएको कराँतेमा रुचि नदेखाएको के भएको छोरी भनेर बुबालाई सोध्न थालेपछि सुनिता किचेनमा गएर रोएर बसिन् । बुबाले लगातार २ घन्टासम्म सोधेपछि उनले आफुमाथि भएको घट्ना बताउदा बुबाले सुन्न सकेनन् । उनका बुवा एकोहोरो बने । किनकी उनले नसोचेको घट्ना आफ्नै छोरीको मुखबाट सुन्दै थिए ।

छोरीको कुराले आक्रोशित भएका धावा डोजो गएर शाहीमाथि झम्टिन थालेपछि शाही त्यहाँबाट फरार भए । उक्त घट्नाको अर्को दोषी सन्देशलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेका छन् । उनले सबै अपराध स्वीकार गरिसकेका छन् ।

शाहीको पहिला पनि बलात्कारको केसको कारण पटकपटक जेल परेर निस्केको पीडितहरुको आरोप छ । उनले उक्त डोजोमा अरु धेरै बालिकाहरु माथि यौन हिंसा गर्दै आएको तर परिवारको डरले कसैले भन्न नसकेको बताए । एकअर्का बालिकालाई पनि बलात्कार गरेको मुद्दा परेपछि पछि उनलाई कान्छी श्रीमती बनाएर राखेको पीडितहरुले बताए । हाल शाही प्रहरीको नजरबाट फरार भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित