ड्रग्सको चक्करमा पूर्व पोर्नस्टारले गरिदिइन् एक व्यक्तिको हत्या
ड्रग्सको चक्करमा पूर्व पोर्नस्टारले गरिदिइन् एक व्यक्तिको हत्या
    • Bell Sanchar

    • ६ कार्तिक २०७८, शनिबार

अमेरिकामा एक चर्चित पोर्नस्टारमाथि ड्रग्समा गडबडीपछि एक व्यक्तिको हत्या गरेको आरोप लागेको छ । २४ वर्षकी पोर्नस्टार लरेन वेम्बल्सलाई एक व्यक्तिको हत्याको अपराधमा जेल पठाइएको छ । फ्लोरिडा स्टेट अटर्नी लेरी बेसफोर्डको एक बयानअनुसार २४ वर्षकी लरेन वेम्बल्सलाई १० वर्षको जेल सजाय सुनाइएको हो । पुलिसका अनुसार ड्रग्स डिलमा गडबडी गरेपछि लरेनले ती व्यक्तिको गोली हानेर हत्या गरेकी थिइन् ।

लरेनले २०१५ देखि २०१८ को बीचमा पोर्न उद्योगमा प्रसिद्धि हासिल गरेकी थिइन् । उनलेअब्रे गोल्ड नामबाट ३० भन्दा धेरै पोर्न फिल्म बनाएकी थिइन् । लरेन २०२० मा ५१ वर्षका राउल अम्ब्रिज गुइलेन नामका व्यक्तिको हत्या गर्ने तीन आरोपीमध्ये एक हुन् । ती व्यक्तिको हत्या गर्ने तेस्रो व्यक्ति लरेनका पूर्व प्रेमी शेन पार्कर भएको मानिन्छ ।

रिपोर्टअनुसार लरेनका सहयोगी जेरेमी पिटर्सले हत्यामा साथ दिनुका साथै लाशलाई ठेगान लगाउन सहयोग गरेका थिए । लरेनले पिटर्सविरुद्धको याचिकामा उनीविरुद्ध बयान दिएकी छिन् । पिटर्सलाई २० वर्षको जेल सजाय सुनाइएको छ । मृतक गुइलेनकी छोरी रोजा अम्ब्रिजले जुलाइमा आफूलाई पिताको हत्याराबाट खतरा भएको उजुरी दर्ता गराएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित