ड्रग्स केसमा नयाँ ट्वीस्ट, आर्यनले एनसीबीमाथि गम्भीर आरोप लगाउँदै माथिल्लो अदालत गए
ड्रग्स केसमा नयाँ ट्वीस्ट, आर्यनले एनसीबीमाथि गम्भीर आरोप लगाउँदै माथिल्लो अदालत गए
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौं। क्रुज ड्रग्स केसमा ३ अक्टोबरमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले बाम्बे हाइकोर्टमा दायर गरेको जमानत याचिकामा नारकोटिक्स कन्ट्रोल ब्युरोमाथि नै गम्भीर आरोप लगाएका छन् । उनले एनसीबीमाथि आफूलाई फसाउनको लागि ह्वाट्सएप च्याटलाई गलत तरिकाले पेश गरेको आरोप लगाएका छन् ।

आर्यन अहिले मुम्बइको आर्थर रोड जेलमा छन् । उनको जमानत याचिका २ पटक खारेज भइसकेको छ । त्यसपछि उनका वकिलहरु बाम्बे हायकोर्ट पुगेका हुन् । उनको यो याचिकामाथि २६ अक्टोबरमा सुनुवाइ हुँदैछ । एनसीबीले अहिलेसम्म यो केसमा २० जनालाई गिरफ्तार गरिसकेको छ ।आर्यनले हाइकोर्टमा दिएको जमानत याचिकामा जहाजमा छापा मार्दा एनसीबीले आफ्नो साथबाट कुनै पनि किसिमको ड्रग्स बरामद नगरेको भनेका छन् । उनले अरबाज मर्चेन्ट र अचित कुमार बाहेक अन्य कुनै पनि आरोपीसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन् ।

 

 

 

 

 

 

एनसीबीले जुन ह्वाट्सएप च्याटको कुरा गरिरहेको छ ती च्याटको यो केससँग कुनै सम्बन्ध नभएको र च्याट धेरै पुरानो भएको पनि आर्यनले बताएका छन् ।आर्यनले जाँच अधिकारीहरुमाथि ह्वाट्सएप च्याटको व्याख्या गलत तरिकाले गरेको आरोप लगाउँदै एनसीबीले पाएको गुप्त सूचनासँग ती च्याटको कुनै पनि सम्बन्ध नभएको समेत बताएका छन् । आर्यनले सेसन कोर्टको जमानत नदिने फैसलामाथि पनि प्रश्न उठाएका छन् । अदालतले आर्यन प्रभावशाली भएकोले उनी रिहा भए प्रमाण मेटाउन सक्ने भनेको थियो । आर्यनले अदालतको यो तर्क गलत भएको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित