मुख्यमन्त्री राउत द्वारा मिथिला बाटिकाकाे उद्घाटन
मुख्यमन्त्री राउत द्वारा मिथिला बाटिकाकाे उद्घाटन
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

सेवा केन्द्रका नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले आजको भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भूमिका प्रशंसनीय रहेको बताए ।पाँच कठ्ठा क्षेत्रफलमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँगसम्बन्धी प्रशिक्षण सञ्चालन हुने जनाइएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापासहित समाजसेवीको विशेष सहभागिता थियो ।

साताकाे चर्चित
सम्बन्धित