संकट हटाउने देवीका रूपमा लिने संकटा मन्दिरको यस्तो छ धार्मिक महत्व
संकट हटाउने देवीका रूपमा लिने संकटा मन्दिरको यस्तो छ धार्मिक महत्व
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएका छन्

 

 

मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवीका रूपमा लिने गरिन्छ, जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । संकटाको स्थापनाका सम्बन्धमा काठमाडौं उपत्यकामा एउटा किंवदन्ती प्रचलित छ । त्यस अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो ।

Sankata_4-2.jpg

उनी उपत्यकाका सबै नागहरूलाई आप्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ ।
काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आप्mना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ ।
संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ । यसको छाना धातुका पाताले बनेको छ, जसको माथ्लो भागमा धातुकै पाँच वटा गजुर राखिएका छन् । मन्दिरअगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ । संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन् भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन् ।

साताकाे चर्चित
सम्बन्धित