युरोपेली फुटबलका दुई महारथी क्लब, एल क्लासिका आज राती
युरोपेली फुटबलका दुई महारथी क्लब, एल क्लासिका आज राती
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

काठमाडौं । युरोपेली फुटबलका दुई महारथी क्लब– रियाल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको आइतबार राति हुँदैछ ।

घरेलु मैदानमा हुने सिजनको पहिलो एल क्लासिकोमा जित हासिल गर्दै मड्रिडभन्दा दुईले पछाडि रहेको बार्सिलोना ‘ओभरटेक’ गर्ने योजनामा छ । नेपाली समयअनुसार राति ८ बजे सुरु हुने खेलमा विश्व फुटबलका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी एकै पटक अनुपस्थित रहने छन् । रोनाल्डोले २०१९ मै स्पेन छाडेका थिए भने बार्सिलोनाका कप्तान पनि यसै सिजन फ्रान्स सरुवा भएसँगै यो वर्षको एल क्लासिकोको ‘चार्म’ घटेको छ ।

विगतको तुलनामा इनिएस्टा, जाभी, मेसी, रोनाल्डो, रामोस, लगायतका खेलाडी नहुँदा चर्चा कम भए पनि दुई क्लबको ‘राइभरी’ले विश्व फुटबलमा छुट्टै तरङ्ग पैदा गर्छ नै । स्पेनिस ला लिगाको अंक तालिकामा ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित