अमेरिकाले नेपाललाई एक लाख डोज फाइजर खोप दिने
अमेरिकाले नेपाललाई एक लाख डोज फाइजर खोप दिने
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोभिड–१९ विरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार त्यो खोप भोलि सोमबार नेपाल आइपुग्नेसमेत जानकारी दिएको छ ।

अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित