सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको माग, प्रदेश सभा स्थगित गर्न माग राख्दै सचिवालयमा निवेदन
सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको माग, प्रदेश सभा स्थगित गर्न माग राख्दै सचिवालयमा निवेदन
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

विराटनगर। नेपाली कांग्रेसभित्रको आन्तरिक किचालेले प्रदेश १ को सत्ता समीकरणमा बदलाव आएको छ। कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब सरकारको नेतृत्व कसले गर्ने भन्नेमा समस्या आएको छ। यसअघि कांग्रेस हाइकमान्डले नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ को सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो।

विश्वासको मत लिने दिन भने कांग्रेस हाएकमान्डको सहमतिविपरीत कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेको छ। बागमती प्रदेशमा कांग्रेस र समाजवादीले आधा आधा कार्यकला बाँडेर सरकारको नेतृत्व गर्ने सहमति भएको, तर प्रदेश १ मा भने एकलौटी समाजवादीलाई दिने भनिएपछि कांग्रेस प्रदेशले केन्द्रसँग प्रश्न गरेको छ।

छलछाम गरेर प्रदेश १ मा भने समाजवादीलाई मात्रै सरकारको नेतृत्व गर्न दिन खोजेको भन्दै विरोध भएको एक नेताले बताए। ‘न औपचारिक पत्र आएको छ न केही? मुखको भरमा नेतृत्व दिनुपर्छ भनेकाले हामीले मानेनौ,’ कांग्रेसका एक नेताले भने, ‘पार्टीभित्रै किचलो भएका कारण एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको छ।’नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पार्टीभित्रको आन्तरिक तयारी नपुगेकाले एक दिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताए। उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा सहमति भइनसकेकालेले एकदिनका लागि बैठक स्थगित गर्न माग गरिएको बताए।पार्टीभित्र नै कुरा नमिलेका कारण प्रदेश सभाको आजको बैठक स्थगित गर्न माग राख्दै कांग्रेसले संसद सचिवालयमा निवेदन दर्ता गराएको छ। एकदिनका लागि बैठक स्थागित गर्न माग गर्दै नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेकत केदार कार्कीले निवेदन दिएका हुन्। प्रदेश सचिवालयका सचिव गोपाल पराजुलीले बैैठक एकदिनका लागि स्थागित गर्न माग राख्दै निवेदन परेको बताए।

प्रदेश १ मा कोइराला पौडेल समूहका राजीव कोइराला संसदीय दलको नेता छन् । उनलाई कुनै पनि हालतमा मुख्यमन्त्री बन्नबाट रोक्न यसअघि नै कांग्रेसको संस्थापन पक्ष लागेको भन्दै विरोध भएको थियो।कांग्रेस प्रदेश १ संसदीय दलका नेता कोइरालाले पनि केन्द्रको निर्देशनअनुसार आफू मुख्यमन्त्रीको लाइनबाट पछि हटेको बताउँदै आएका थिए । तर संसदीय दलको बैठकमा भने कांग्रेस सरकारको नेतृत्व लिनबाट पछि हट्न नहुने भन्दै सांसदहरूले दबाब दिएका थिए।‘बागमती प्रदेशमा आधा आधा सरकारको नेतृत्व गर्दा हुने, प्रदेश १ मा कांग्रेसले पूरै कार्याकाल किन समाजवादीलाई छाड्नुपर्ने ? एक नेताले भने, ‘हामी केन्द्रले गरेको छलछाम र धोकाको प्रतिकार गर्छौ ।’ उनले बाहिर आए जस्तो फ्लोर क्रस गरेर भीम आचार्यलाई मतदान गर्ने भन्दा आप्mनै नेतृत्वमा सरकार बनाउन चाहेको बताए ।

प्रदेश १ मा संस्थापन इतरको प्रभाव बलियो छ । संसदीय दलका नेता र सचेतक संस्थापन इतरका छन् । उपनेता भने संस्थापन पक्षका छन् । यसअघि कोइरालालाई संसदीय दलको नेताबाट हटाएर हिमाल कार्कीलाई दलको नेता बनाउने आन्तरिक तयारी समेत भएको थियो । तर यो सम्भव नभएपछि संस्थापन पक्ष पछि हटेको थियो । मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ ।

साताकाे चर्चित
सम्बन्धित