गायिका मञ्जु पौडेललाई मातृशोक
गायिका मञ्जु पौडेललाई मातृशोक
    • Bell Sanchar

    • ७ कार्तिक २०७८, आईतवार

गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । केही समययता बिरामी रहेकी भगवती पौडेलकै रेखदेखमा रहेकी थिइन् ।

आमाको मृत्युको जानकारी दिँदै उनले शनिबार सामाजिक संजालमा लेखेकी छन् ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौँ ।  हाम्रो परिवारको आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनु भएन । आमा हजुरको आत्माले शान्ति पाओस् ।’

मञ्जु गायनको अलवा स्टेज कार्यक्रमकी उद्घोषक पनि हुन् ।

साताकाे चर्चित
सम्बन्धित