ओलीका बुबाले भने- ‘केपी फागुनपछि फेरि प्रधानमन्त्री बन्ने योग छ’
ओलीका बुबाले भने- ‘केपी फागुनपछि फेरि प्रधानमन्त्री बन्ने योग छ’
    • बेल संचार

    • ७ कार्तिक २०७८, आईतवार

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् ।

आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले पुनः प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ ।

मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’

काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए ।

‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने ।

झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित