सामूहिक बलात्कारका आरोपी ८ जना सार्वजनिक
सामूहिक बलात्कारका आरोपी ८ जना सार्वजनिक
    • बेल संचार

    • ७ कार्तिक २०७८, आईतवार

सिन्धुली — सामूहिक बलात्कारका आरोपी ८ जनालाई सिन्धुली प्रहरीले आइतबार सार्वजनिक गरेको छ । ती युवाहरुबाट सिन्धुलीको कमलामाई नगरपालिका–५ बोजेका स्थानीय तीन बालिकाहरु दसैंको टीका लगाएर घर फर्किँदै गर्दा असोज ३० गते राति सामूहिक बलात्कृत भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार बलात्कारमा संलग्न भइ फरार रहेका कमलामाइ नगरपालिका ५ बोजेका २० वर्षीय दिपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगरलाई लुकिछिपी बसेको अवस्थामा महोत्तरीको बर्दिवासबाट पक्राउ गरिएको हो । यसअघि नै घटनास्थलबाटै हेम लामा, शिव मगर र विवेक मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई भगाउन सहयोग गरेको आरोपमा कमलामाई नगरपालिका ५ बोजेकै संजीव मगर, प्रेम श्रेष्ठ, शिव देवकोटा, सुमन थापा, मेघबहादुर श्रेष्ठ र ईश्वर आलेलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए ।

आरोपितलाई भगाउन प्रयोग भएका स्कारपियो गाडी र दुइटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बलात्कार आरोपी विश्व राई भने अझै फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार आफन्तकोमा टीका लगाएर फर्किंदा कमलामाइ नगरपालिका ५ को लव्दाह खोला पुलमुनी ९ जना यूवाहरुले सामूहिक बलात्कार गरेको थियो । बलात्कृत हुनेहरु १५, १६ र १७ वर्षका छन् ।

साताकाे चर्चित
सम्बन्धित