टी-२० विश्व कप : पाकिस्तानले पहिलो पटक भारतलाई हरायाे
टी-२० विश्व कप : पाकिस्तानले पहिलो पटक भारतलाई हरायाे
    • बेल संचार

    • ७ कार्तिक २०७८, आईतवार

आईसीसी टी-२० विश्व कपमा पाकिस्तानले पहिलो पटक भारतलाई हराएको छ । भारतले दिएको एक सय ५१ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाइ १९ बल अघि नै भेटायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र विकेटकिपर मोहम्मद रिजवानले ७९ रन बनाए । यी दुईले एक सय ५२ रनको साझेदारी गरे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ५१ रन बनायाे । भारतका लागि कप्तान विराट काेहलीले ५७ रन बनाए । यस्तै विकेटकीपर ऋषभ पन्तले ३९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले तीन विकेट लिए । शहीनले केएल राहुल, राेहित शर्मा र काेहलीलाई आउट गरे । यस्तै हसन अलीले दुई विकेट लिए ।

याे जितसँगै टी-२० विश्व कपमा भारतले पाकिस्तानलाई ६ भेटमा ६ पटक नै हराएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित