भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणको आन्दोलन आजबाट थाल्दै डा. सीके रावत
भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणको आन्दोलन आजबाट थाल्दै डा. सीके रावत
    • बेल संचार

    • ८ कार्तिक २०७८, सोमबार

काठमाडौं । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो ।

पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ ।

त्यस्तै भोली अर्थात कात्तिक ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ ।

पार्टीले आन्दोलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित