गोरखामा २७ जना यात्रु बोकेको बस टङ्के भीरमा खस्नबाट जोगियो : टर्यो ठूलो दुर्घटना
गोरखामा २७ जना यात्रु बोकेको बस टङ्के भीरमा खस्नबाट जोगियो : टर्यो ठूलो दुर्घटना
    • बेल संचार

    • ८ कार्तिक २०७८, सोमबार

गोरखामा आज बिहान यात्रुबहाक बस ठूलो दुर्घटनाबाट जोगिएको छ । आँबुखैरेनीबाट मनकामना तर्फ जाँदै गरेको यात्रु बस सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित टङ्के भीरमा सडकबाट खस्न बाट जोगिएको हो ।

रामशाहघाट मनकामना सडकखण्डमा मनकामनाका लागि छुटेको बा ३ ख ४९० नम्बरको उक्त बसको पछाडीको टायरले सडक चेप्दा उकासेको जमिन भासिएपछि बस दुर्घटनाको अबस्थामा पुगेको थियो । साधुरो सडकमा बसले छेउ चेप्न पुग्दा बसको पछाडीको टायर सडको छेउमा पसेको थियो ।

घटना लगत्तै उद्धारमा पुगेको संसस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर जेसिवी लगायर फसेको बसलाई उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरेश न्यौपानले जानकारी दिनुभयो । ‘ठूलो बस नजाने ठाँउमा ठूलो बस गइहाल्यो, उहाँले भन्नुभयो, बाटो सांघुरो पर्यो त्यसपछि गाडी छेउमा फस्यो ।’ बिहान करिब ८ बजेको समयमा घटना भएको न्यौपानेको भनाई छ । बसमा २७ जना यात्रु सवार थिए । बसमा रहेका सवै यात्रु लगत्तै बसबाट ओर्लिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित