विश्वमा कोरोना : संक्रमित हुनेको भन्दा निको हुनेको संख्या धेरै
विश्वमा कोरोना : संक्रमित हुनेको भन्दा निको हुनेको संख्या धेरै
    • बेल संचार

    • ९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । विश्वमा गत २४ घण्टामा संक्रमित हुनेको भन्दा निको हुनेको संख्या धेरै रहेको छ। तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वभरमा तीन लाख २० हजार एक सय ७७ जना कोरोनाका संक्रमित थपिएका छन् भने चार लाख ११ हजार छ सय तीन जना संक्रमित निको भएका छन्। यस्त विश्वभरमा गत २४ घण्टामा पाँच हजार ९३ जनाको कोरोनाका कारण ज्यान गएको छ।

गत २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा ४१ हजार कोरोनाका संक्रमित थपिएका छन्। यस्तै अमेरिकामा नै १ लाख ४१ हजार बढी संक्रमितहरु निको भएर घर फिर्ता भएका छन्।
अमेरिकापछि रसियामा ३७ हजार बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। एक हजारले ज्यान गुमाए भने २० हजार छ सय ९० जना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन्।बेलायतमा थपिने संक्रमितको संख्या ३६ हजार, निको हुने संक्रमितको संख्या २९ हजार रहेको छ। यसैगरी, टर्कीमा २७ हजार थपिए भने ३० हजार निको भएका छन्। यूक्रेन र भारतमा १० हजार बढी संक्रमित थपिएका छन् भने तीन सय बढीको कोरोनाका कारण ज्यान गएको छ।यस्तै, निको हुनेहरुमा भारतमा १५ हजार नौ सय ७४ रहेका छन् भने युक्रेनमा चार हजार ५ सय ९८ रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित