परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : ओली
परमादेश जारी गर्ने पाँचै जना श्रीमानले राजीनामा दिनुपर्छ : ओली
    • बेल संचार

    • ९ कार्तिक २०७८, मंगलवार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन्। पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जना श्रीमानले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताएका हुन्।

एक जनासँग मात्र किन राजीनामा माग भइरहेकाले पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र भन्दै प्रश्न गरे।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए। उनले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पारे। ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखे। एमालेले पहिले नै अदालतको फैसला गलत भएको बताएपनि अहिले आएर न्यायाधीश आफैले फैसला दुषित रहेछ भन्न थालेको बताए।

सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाए। उनले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिएका छन्। उनले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको बताए। एमालेबाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गरे।

देशको प्रमुख पार्टी रहेकाले राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा रहेको बताएका हुन्। उनले जनतालाई सचेत गराउने वडा र स्थानीय तहका कमिटी रहेको धारणा राखे।
उनले एकै चोटी ६ हजार बढी वडाको अधिवेशन सम्पन्न गरेको बताए।

साताकाे चर्चित
सम्बन्धित