पालुङटार नगरपालिकामा एमालेको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ, सचिवमा न्यौपाने सर्वसम्मत चयन
पालुङटार नगरपालिकामा एमालेको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ, सचिवमा न्यौपाने सर्वसम्मत चयन
    • बेल संचार

    • १० कार्तिक २०७८, बुधबार

गोरखा । नेकपा एमाले पालुङटार नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार बिरुवाटार भएको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा बसन्त श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । भेलाले श्रेष्ठको अध्यक्षतामा ६० सदस्यीय नगरकमिटी गठन गरेको हो ।
नगरकमिटीको उपाक्ष्यमा दिपक अधिकारी, सचिवमा प्रकाश न्यौपाने, उपसचिवमा नारायण बराकोटी र राममाया राना सर्वसम्मतले चयन भएका छन् ।
नगरकमिटी अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता तथा गण्डकी प्रदेश सदस्य बाबुराम थापा, गण्डकी प्रदेश सदस्य हरि काफ्ले, जिल्ला सचिवालय सदस्य हरि भट्ट लगाएतका नेताको उपस्थिति रहेको थियोे ।

साताकाे चर्चित
सम्बन्धित