विप्लवसगँ निरन्तर छलफल भइरहेको छ: गृहमन्त्री
विप्लवसगँ निरन्तर छलफल भइरहेको छ: गृहमन्त्री
    • बेल संचार

    • १३ कार्तिक २०७८, शनिबार

काठमाडौं ।प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन् ।

गृह मन्त्रालयमा पत्रकारमाझ उनले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गर्नुभएको बताए । विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिएका छन् । गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताए ।

चन्द समूहका नेतबा तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उनीहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाँणले भने, “वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गरौँ भन्ने भएको छ ।”

साताकाे चर्चित
सम्बन्धित