तामाङ समाज अमेरिकाको सल्लाहकारमा अक्कल बहादुर तामाङ मनोनीत
तामाङ समाज अमेरिकाको सल्लाहकारमा अक्कल बहादुर तामाङ मनोनीत
    • बेल संचार

    • १४ कार्तिक २०७८, आईतवार

न्युयोर्क।

तामाङ समाज अमेरिकाको सल्लाहकारमा वरिष्ठ समाजसेवी युवा व्यवसायी अक्कल बहादुर तामाङ मनोनीत भएका छन् ।

समाजको २०२१ अक्टोबर १६ मा बसेको पुर्ण बोर्ड मिटिङको निर्णय अनुसार सामाजिक अभियन्ता अक्कल तामाङ, गायिका रचनाकार तथा समाजसेवी सृजना स्याङ्दान तामाङ र म्हेन्दोमाया तामाङ सस्कृतिका संरक्षक टेक मान तामाङ गाल्देनलाई समाजका अध्यक्ष बिनिता तामाङले खादा तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।

अमेरिकामा रहेका सम्पुर्ण तामाङ समुदायलाई एकीकृत गर्दै र विश्व भररहेका तामाङ समाजलाई गोलवद्ध गर्न अग्रणि भुमिका निर्वाह गर्नुका साथै प्रत्येक तामाङ समुदायको सुख दु:खमा सहभागी तथा सहकार्य गर्ने,तामाङ कला सस्कृतिको जगेर्ना,सम्वर्दन तथा प्रवर्द्धन गर्ने,शिक्षामा पहुँच पुर्याउन पहल गर्ने,आर्थिक समृद्धिको लागि विशेष योजना र सहयोग गर्ने जस्ता अनगिन्ती उद्देश्य सहित स्थापना भएको तामाङ समाज अमेरिकाले स्थापना कालदेखि नै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको र समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वहरु सल्लाहकारको रूपमा पाइएकोले अझै धेरै उद्देश्यमा काम गर्न सकिने कुरामा

अझ बढी विश्वस्त भएको कुरा सस्थाका संरक्षक लुइसाङ वाइबाले बताउनु भएको छ । समाजको महासचिव राजु तामाङले सन्चालन गर्नु भएको कार्यक्रम समाजको अध्यक्ष बिनिता तामाङको सभापतित्वमा शुरु भएको थियो ।कार्यक्रमको समापन गर्दै अध्यक्ष बिनिता तामाङले समाजले अभिभावकको रुपमा विशिस्ट व्यक्तिहरु पाएको र अबको यात्रामा समाजको हरेक पाइलामा टेवा पुग्ने हुनाले आफुलाइ गर्व लागेको कुरा व्यक्त गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित