न्यायाधीशहरु इजलासमा फर्किए
न्यायाधीशहरु इजलासमा फर्किए
    • बेल संचार

    • १५ कार्तिक २०७८, सोमबार

बेञ्च बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । उनीहरु बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भन्दै आजबाट इजलासमा फर्किएका हुन् । यसअघि उनीहरुले ८ दिनदेखि बेन्च बहिष्कार गर्दै आएका थिए ।

इजलासमा फर्किनुअघि ती न्यायाधीशहरु छुट्टै छलफलमा बसेका थिए । उता, प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले पनि आज बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलास राखेका छैनन् ।पछिल्लो एक सातादेखि न्यायाधीशहरु नै प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै इजलास बहिष्कारमा उत्रिएका छन् । उता, नेपाल बार एशोसिएशनले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित