काठमाडौँ । यस बर्षको तिहार सुरु भएसंगै बजारमा फूलमालाको बिक्रिबितरण पनि बढेको छ ।
यस बर्ष तिहारमा मात्र २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अनुसार कोरोना महामारी कम हुँदै जादा गतबर्षको तुलनामा यस बर्ष फूलमालाको बिक्रिबितरण बढि हुने देखिएको छ । गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिक्रि भएको एसोसिएशनको भनाइ छ ।