आज नरक चतुर्दशी स्नान साथै दीपदान
आज नरक चतुर्दशी स्नान साथै दीपदान
    • बेल संचार

    • १८ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामले समेत यो पर्व चिनिने गरेको छ ।

 

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निणर्ायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यस वर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो । यो नेपालीको दोस्रो ठूलो चाड हो ।

साताकाे चर्चित
सम्बन्धित