कांग्रेसमा अलोकतान्त्रिक गतिविधि बढी भयो : नेता सिंह
कांग्रेसमा अलोकतान्त्रिक गतिविधि बढी भयो : नेता सिंह
    • बेल संचार

    • १९ कार्तिक २०७८, शुक्रबार

भक्तपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि काँग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए ।

नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेका बारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए । व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो भन्दै उनले काँग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए ।

 

नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमन्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको नेता सिंहले टिप्पणी गरे । कार्यक्रममा काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए ।

साताकाे चर्चित
सम्बन्धित