बजारबाट घर फर्कदै गरेका अामाछाेरीलाई रड प्रहार गरी घाईते बनाएर गहना लुटियाे
बजारबाट घर फर्कदै गरेका अामाछाेरीलाई रड प्रहार गरी घाईते बनाएर गहना लुटियाे
    • बेल संचार

    • १९ कार्तिक २०७८, शुक्रबार

गाेरखाकाे पालुङटार ७ च्याङली मा डुम्रे बजारबाट घर फर्कदै गरेका अामाछाेरीमाथि रड प्रहार गरेर अज्ञात समूहले गरगहना लुटेकाे छ । सांझ करीब ७ बजेतिर घरनजिकैकाे भाेटेनी खाेला अाईपुगेका अामाछाेरीलाई रड प्रहार गर्नुका साथै बाटाेबाट करीब १०० मिटर तल घिसारेर लगेकाे बताईएकाे छ । लुटेराहरूले उनीहरूकाे शरीरमा भएका गहनाहरू लुटेर भागेकाे र केहि समयपछि मात्र स्थानीयले थाहा पाएर उपचारका लागि डुम्रे लगिएकाे छ । अामाछाेरीकाे टाउकाे तथा हातहरूमा चाेट लागेकाे छ। घटनास्थल तर्फ अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट प्रहरी गइसकेको छ ।                                                       मजुवा निबासी बर्ष ६० कि भिमकुमारी क्षेत्री र निजकी छाेरी बर्ष २१ की अम्बिका क्षेत्री लाई घर नजिकै अाईपुगेका बेला बाटाेमा भएका २ जना युवाहरूले अाक्रमण गरेका हुन ।

साताकाे चर्चित
सम्बन्धित