चीनले आक्रमण गरेमा जापानले सैन्य सहयोग गर्ने ताइवानीहरुको विश्वास
चीनले आक्रमण गरेमा जापानले सैन्य सहयोग गर्ने ताइवानीहरुको विश्वास
    • बेल संचार

    • २० कार्तिक २०७८, शनिबार

चीनले स्वशासित टापुको रुपमा रहेको ताईवानलाई नियन्त्रणमा लिन आ’क्रमण गरेमा जापानले ताइवानलाई सैन्य सहयोग गर्ने धेरै ताइवानीहरुले विश्वास र आशा गरेको एक सर्वेक्षणले देखाएको छ । मंगलबार सार्वजनिक गरिएको सर्वेक्षण ताइवानी पब्लिक ओपिनियन फाउन्डेसनले प्रकाशित गरेको हो । सर्वेक्षणमा ५८ प्रतिशत ताईवानी जनताले जापानले ताइवानको रक्षाका लागि सेना पठाउने सम्भावना रहेको आशा गरेका थिए, भने ३५ प्रतिशत उत्तरदाताले आफूले त्यस्तो आशा नगरेको बताएका छन ।

सर्वेक्षणले यो पनि देखाएको छ कि ६५ प्रतिशत उत्तरदाताहरूले विश्वास गरे कि चीनले आ’क्रमण गरेमा संयुक्त राज्य अमेरिकाले ताइवानलाई सैन्य सहायता गर्नेछ । जबकि २८.५ प्रतिशतले अमेरिकाको पनि सहायता नपाउने धारणा व्यक्त गरेका छैनन् ।सर्वेक्षणमा ६४.३ प्रतिशत उत्तरदाताहरूले चीनले एक न एक दिन आ’क्रमण गर्नेछ भन्ने कुरामा असहमति जनाएका छन् । जबकि २८.१ प्रतिशत भने चीनले आ’क्रमण गर्ने कुरामा सहमत देखिएका थिए । चीनले ताइवानमा आ’क्रमण गर्न सक्छ भन्‍नेहरूको संख्या अघिल्लो सर्वेक्षणको तुलनामा दोब्बरले बढेको सर्वेक्षणकर्ताहरुले बताएका छन् ।जापानको आ’त्मरक्षा बल विदेशी सैन्य गतिविधिहरूमा सामेल हुनको लागि जापानको युद्ध परित्यागको संविधान अन्तर्गत कडा रूपमा बाँधिएको छ । जसका कारण जापान चाहेरपनि संविधान संशोधन नगरिकन ताईवानलाई सैन्य सहायता गर्नसक्ने अवस्थामा रहेको छैन ।

 

सन् १९४९ मा गृहयुद्धका कारण विभाजित भएदेखि ताइवान र चीनको मुख्य भूमिमा छुट्टाछुट्टै रूपमा शासन हुँदै आएको छ । चीनले आवश्यक परेमा बल प्रयोग गरेर पुनः एकीकरण गर्ने ताइवानलाई चेतावनी दिईसकेको छ । मे २०१६ मा राष्ट्रपतिमा साई इङ्ग वेन चुनिएपछि उनले पश्चिमा देशसँग सम्बन्ध विस्तार गरेर चीनसँग कटुटापूर्ण सम्बन्ध राखेपछि चीनले ताईवानलाई सैन्य चेतावनी दिंदै आएको छ । सर्वेक्षण १,०७५ जना वश्यक महिला र पुरुषमा कम्प्युटरको सहयोग तथा टेलिफोन अन्तर्वार्ताद्वारा गरिएको सर्वेक्षणकर्ता समुहले बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित