१० सेन्टिमिटरको पुच्छर भएको बच्चा जन्मियो
१० सेन्टिमिटरको पुच्छर भएको बच्चा जन्मियो
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

वैज्ञानिकका अजुसार मानिसको पुर्खा बाँदर हुन् । तर, पछि विकसित हुँदै जाँदा पुच्छरको प्रयोग हुन छाडेपछि मानिसको शरीरबाट पुच्छर हराएको वैज्ञमनिक बताउँछन् । ब्राजिलमा भने अहिलेको समयमा पनि एउटा पुच्छर भएको बच्चा जन्मिएको छ । यो बच्चाको ४ इन्च अर्थात १०.१६ सेन्टिमिटर लामो पुच्छर छ । बच्चा जन्माउने डाक्टरहरु पनि यो दुर्ल घटना देखेर आश्चर्यमा परेका थिए ।

यो बच्चा मानव पुच्छरसहित जन्मिएको थियो र पुच्छरको छेउ कुनै क्रिकेट बलजस्तो डल्लो थियो । जर्नल अफ पिडियाट्रिक सर्जरी केस रिपोर्टसमा बच्चाको जन्म र पुच्छर हटाउन गरिएको सर्जरीको चित्रण गरिएको छ

यो बच्चा ब्राजिलको अल्बर्ट साबिन चिल्ड्रेन हस्पिटलमा जन्मिएको हो । डाक्टरको टिमले शल्यक्रिया गरेर पुच्छरलाई सफलतापूर्वक हटाएका छन् ।

डाक्टरका अनुसार पुच्छरको लम्बाइ ४ इन्च बढिसकेको थियो । पुच्छरको छेउ डल्लो थियो र पुच्छरमा कार्टिलेज र हड्डी थिएन । अहिलेसम्म बिना हड्डीको पुच्छरसहित विश्वभरीमा ४० बच्चा जन्मिएका छन् । डाक्टरहरुका अनुसार गर्भमा बच्चाको भ्रुणमा एउटा पुच्छर विकसित हुन्छ तर पछि यो सामान्य रुपले शरीरमा हराउँछ । केही निकै दुर्लभ केसमा मात्र पुच्छर बढ्छ ।

साताकाे चर्चित
सम्बन्धित