विराटनगर कारागारमा कैदीबन्दीबीच झडप, ६ घाइते
विराटनगर कारागारमा कैदीबन्दीबीच झडप, ६ घाइते
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

विराटनगर । विराटनगर कारागारमा मंगलबार १० बजे कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन । झडपमा चौकीदार किरण गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेका छन् ।

घाइतेलाई सामान्य चोटपटक लागेकाले उपचारका लागि कोसी अस्पताल पठाएको कारागार प्रशासनले जनाएको छ। चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन्।

 

आन्दोलित कैदीबन्दीले गुरुङसहित १४ जना नाइके र भाइ नाइकेलाई एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि कैदीबन्दीबीच झडप भएको कारागार प्रशासनले जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित