काठमाडौँ । सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले धान बालीमा भएको क्षतिको अध्ययन गरि राहत उपलव्ध गराउने सम्बन्धमा गठित कार्यदलको कार्यबिधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।