यथास्थितिमा एमसीसी पास हुँदैन – माओवादी
यथास्थितिमा एमसीसी पास हुँदैन – माओवादी
    • बेल संचार

    • २३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडी बढ्न नसक्ने बताएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए ।

एमसीसीमा रहेका केही विषय आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

साताकाे चर्चित
सम्बन्धित