सेमिफाइनल प्रवेशका लागि गौरीगंगा र रोङ तथा गोदावरी र कनकाई भिड्दै
सेमिफाइनल प्रवेशका लागि गौरीगंगा र रोङ तथा गोदावरी र कनकाई भिड्दै
    • बेल संचार

    • २४ कार्तिक २०७८, बुधबार

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बुधबार क्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको पहिलो खेलमा १२ बजे कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ।गौरीगंगाले प्रतियोगिताको प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएको थियो। रोङ गाउँपालिकाले भने तुलसीपुर उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो।रोङलाई राष्ट्रिय खेलाडी इन्दिरा राई, दीपा राई, विमला विक तथा गोलरक्षक रुपा राना मगरको साथ रहनेछ। गौरीगंगामा पनि राष्ट्रिय टोलीका सदस्य मञ्जलीकुमारी योञ्जन, हेमाकुमारी चौधरी, मोनिका कुस्वारसहिको प्रभाव पर्नेछ।आज दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कनकाई नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। गोदावरीले प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएर सीधै अन्तिम आठको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। कनकाईले भने प्रिक्वाटरफाइनलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो।

 

गोदावरीविरुद्ध कनकाईलाई कुशुम खतिवडा सहित राष्ट्रिय लिग खेलिसकेका खेलाडीको साथ छ। गोदावरीमा विभागीय खेलाडी विमला चौधरी, हिमा चौधरी, शर्मिला थापासहित छन्।प्रतियोगिता उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन्।

 

राष्ट्रिय लिगमा यस पटक ८ टोलीको सहभागीता रहनेछन्।उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको विजेताले ५ लाख पाउँदा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन्।

साताकाे चर्चित
सम्बन्धित