महानिर्देशकले राष्ट्रपतिलाई सोधे– तपाईंको नाम के हो?
महानिर्देशकले राष्ट्रपतिलाई सोधे– तपाईंको नाम के हो?
    • बेल संचार

    • २५ कार्तिक २०७८, बिहीबार

काठमाडौं।बुधवार बिहान साढे ११ बजे केन्द्रीय तथ्यांक विभागका महानिर्देशकसहितका कर्मचारी राष्ट्रपति निवास शीतल निवास छिरे । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आजैबाट सुरु भएको राष्ट्रिय जनगणनाका लागि सोधिने प्रश्नावलीको उत्तर दिन तयार भएर बसेकी थिइन् ।

देशभर जनगणना लिन घरघरमा गणकहरु खटिएका छन् । तर, राष्ट्रपति भण्डारीको परिवारको जणना लिन भने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ आफैँ उपस्थित थिए । श्रेष्ठको टोली र राष्ट्रपतिबीच केहीबेर शिष्टाचार भेट भयो । त्यसपछि महानिर्देक श्रेष्ठले आफूलाई गणककै रूपमा प्रस्तुत गर्दै भने– सुरु गरौं है ।

जनगणनाको पारिवारिक लगत फारम खोल्दै उनले पहिलो प्रश्न गरे– तपाईं नाम के हो ? कति वर्षको हुनुभयो ?राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार श्रेष्ठले सोधेका यस्ता केही प्रश्नको उत्तर राष्ट्रपति भण्डारी स्वयंले दिएपछि थप विवरण भने टोलीमा खटिएका अन्य व्यक्तिले परिवारका सदस्यको सहयोगमा संकलन गरे ।विभागको टोलीले प्रधानमन्त्रीको विवरण पनि यसैगरी लिएको छ । आजबाट सुरु भएको जनगणना १५ मंसिरसम्म चल्नेछ ।विभागका अनुसार जनगणना लिन देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक परिचालन गरिएको छ । २०७२ सालमा नेपालको संविधान जारी भएपछि लिइएको यो पहिलो जनगणना हो ।१९६८ सालमा चन्द्रशमशेरले सुरु गरेको जनगणना हरेक १० वर्षमा हुँदै आएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित