हानेदा विश्वकै सबैभन्दा सफा विमानस्थल
हानेदा विश्वकै सबैभन्दा सफा विमानस्थल
    • बेल संचार

    • २५ कार्तिक २०७८, बिहीबार

टोकियो विश्वकै सबैभन्दा सफा शहरमध्ये पर्दछ । यसका आधारमा यहाँ विश्वका उत्तममध्ये केही विमानस्थल हुनु अनौठो कुरा होइन । स्काईट्र्याकको सन् २०२०–२०२१ को विश्व विमानस्थल सर्वेक्षणअनुसार टोकियोको हानेदा विमानस्थल र नारिता विमानस्थल विश्वका शीर्ष पाँच विमानस्थलमध्ये पर्दछन् ।

समग्र सूचिमा हानेदा विमानस्थल दोस्रो स्थानमा आएको छ । यो भन्दा अगाडि दोहाको हमाद अन्तरराष्ट्रिय विमानस्थल छ । सिंगापुरको छाङ्गी र सोलको इन्न्चिओन अन्तरराष्ट्रिय विमानस्थल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नारिता विमानस्थल भने सूचिको पाँचौं स्थानमा छ ।

विश्वको सबैभन्दा सफा विमानस्थलको छुट्टै वरियतामा टोकियोका विमानस्थलहरु शीर्ष स्थानमा छन् । हानेदा सरसफाईमा सबैभन्दा धेरै अंक ल्याएर विश्वको सबैभन्दा सफा विमानस्थल बनेको छ । नारिता विमानस्थल भने सिंगापुर पछि तेस्रो सफा विमान स्थल हो ।

साताकाे चर्चित
सम्बन्धित