पेकिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)को उच्चस्तरीय बैठकले राष्ट्रपति सी चिनफिङको तेस्रो कार्यकाल र त्यसअघिका लागि मार्ग प्रशस्त गरेको छ।
पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ पूर्ण अधिवेशन कात्तिक २२ देखि २५ गते (नोभेम्बर ८ देखि ११ तारिख) मा पेकिङमा आयोजना गरिएको थियो। बैठकमा ऐतिहासिक प्रस्तावको समीक्षा गरी पारित गरिएको छ। सीसीपीको १ सय वर्षको इतिहासमा यो तेस्रो प्रस्ताव हो।