गोरखालाई टुक्य्राऔँ : डा.बाबुराम भट्टराई
गोरखालाई टुक्य्राऔँ : डा.बाबुराम भट्टराई

उहाँले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गर्नुभयो ।

    • बेल संचार

    • २८ कार्तिक २०७८, आईतवार

गोरखा ।

समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताउनुभयो ।

उहाँ पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा स्थानीयसँग छलफल तथा भेटघाट गरिरहनु भएको छ ।

स्थानीयसँग उहाँले भन्नुभयो, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’

उहाँले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गर्नुभयो ।

भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुनुहुन्छ । उहाँले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताउनुभयो । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्ने उहाँले आग्रह गर्नुभयो ।

गोरखाको उत्तरी भेग निकै विकट रहेको छ । त्यहाँका स्थानीयहरुलाई सदरमुकाम धाउन र विभिन्न प्रशासनिक कार्यका लागि निकै झन्झट हुने गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित