फिजीका कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इनिया सेरुइरातुले आइतवार कोभिड-१९ ले टापु राष्ट्रको अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको भएता पनि देश अगाडि बढ्नुपर्नेमा विशेष जोड दिएका छन । फिजी ब्रोडकास्टिङ कर्पोरेशन (एफबीसी) का अनुसार फिजीको तेस्रो ठूलो शहर नादीमा सेरुइरातुले फिजीको अन्तरराष्ट्रिय सिमाना खोल्दा जोखिम रहेको बताएको छ।
सेरुइरातुले आउँदो जोखिम परास्त गर्नका लागि पूर्व तयारी गर्नु महत्त्वपूर्ण हुने बताएका छन ।
“सरकारले उपयुक्त वातावरण सृजना गर्न सक्दो प्रयास गरिरहेको जसबाट हामी अगाडि बढ्न सक्छौं र देशको उन्नतिका निम्ति तयार हुन सक्छौँ , “सेरुइरातुले थपे