कोरोना भाइरसको संक्रमणका कारण नयाँ आपतकाल घोषणा गरिँदा पनि रेष्टुराँ र बारहरुले संक्रमण रोक्ने पर्याप्त उपाय अपानउँदासम्म स्वतन्त्र रुपमा रक्सी बेचबिखन गर्न दिने क्रममा जापान सरकार रहेको छ । खुकुलो नियम स्थानीय अधिकारीहरुले रेष्टुराँमा आउनेहरुलाई सुरक्षित राख्न पर्याप्त कदम चालेका छन् भने प्रमाणीत गर्ने र उपभोक्ताहरुले आफूले कोभिड विरुद्धको खोप लगाइसकेको वा कोरोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण नकारात्मक आएको प्रमाणीत गर्नेहरुमाथि लागू हुनेछ ।
विज्ञहरुको समितिले नोभेम्बर १९मा बस्ने एक बैठकमा कोरोना भाइरससम्बन्धी महामारीबारे सरकारलाई सुझाव दिएपछि उपायहरु औपचारिक रुपमा अनुमोदन गरिने र यसलाई मञ्जुरी दिइने अधिकारीहरुले बताएका छन् । जाडो याममा जापानमा कोभिडको संक्रमणको छैठौं लहर देखिने भयकै बीचमा नयाँ उपायहरु छिटोमा यही महिनादेखि कार्यान्वयनमा ल्याउन खोजिएको छ । बार र रेष्टुराँहरुमाथि अहिले सञ्चालन अवधिमा प्रतिबन्ध लगाइएको छैन । पाँच वा सो भन्दा बढी ग्राहकहरुको समूहबाहेक अरुलाई रक्सी बेच्ने अनुमति छैन ।ठूला कार्यक्रममा आउने सबै मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ वा कोभिडको परीक्षण नकारात्मक आएको छ भन्ने प्रमाण देखाएमा यो प्रतिबन्ध लागू हुने छैन । भविष्यमा आपतकाल वा पूर्व आपतकालीन उपायहरु घोषित नै भए भनेपनि रेष्टुराँ र बारहरुलाई साँझ ९ बजेसम्म सञ्चालनको अनुमति दिइनेछ र स्थानीय सरकारहरुबाट प्रमाण पत्र पाएसम्म रक्सी बेच्न पाउनेछन् । अघिल्लो पटक आपतकाल घोषित हुँदा रेष्टुराँ र बारहरुलाई रक्सी बेचबिखनमा रोक लगाइएको थियो अनि सञ्चालन अवधि पनि कम गर्न भनिएको थियो ।यसका कारण हुने क्षतिको भपाई गर्न अनुदान दिइएको थियो । खुकुलो नियमहरुले ५ हजार वा सो भन्दा धेरै दर्शक भएका ठूला स्तरका कार्यक्रमलाई पनि समेट्नेछ । कार्यक्रम आयोजकहरुले अगाडि नै संक्रमण रोकथामका उपायहरु पेश गरेका छन् भने कार्यक्रमस्थलमा दर्शकको संख्यामाथि सीमा लगाइने छैन ।
आपतकाल वा अर्धआपतकाल नै लगाइयो भने पनि कार्यक्रम आयोाजकहरुलाई सञ्चालन अवधि कम गर्न भनिने छैन ।अनि प्रवेशकर्ताहरुले खोप लगाएको वा परीक्षण नकारात्मक आएको छ भन्ने प्रमाण देखाउँदा सम्म कार्यक्रम स्थललाई पूर्ण क्षमताामा सञ्चालन गर्न दिइनेछ । तर सहभागीहरुलाई होहल्ला गर्ने वा चियर गर्न भने दिइने छैन । आपतकालबीच पनि मानिसहरुले पूरा खोप लगाएको वा परीक्षण नकारात्मक आएको प्रमाणपत्र देखाउँदासम्म सीमा आरपार यात्रा गर्नमा पनि कुनै प्रतिबन्ध लाग्ने छैन ।