सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह
सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।    

    • बेल संचार

    • २९ कार्तिक २०७८, सोमबार

  काठमाडौँ
अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा उहाँले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरकारका तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले आफ्नै सञ्चारमाध्यम चलाउने कि नचलाउने भन्ने प्रश्न पनि छ । मलाई लाग्छ, रासस जस्ता संस्थाले रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्नुपर्छ ।” सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने सबै प्रकारको स्रोत र साधनका लागि आफूले प्रयास गर्ने अर्थमन्त्रीको भनाइ थियो ।

उहाँले जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । निकै जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको पक्षमा प्रतिबद्ध भएर कलम चलाउन तथा कुनै पनि गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कृष्णसेन इच्छुक जस्ता शहीदको बलिदानले स्थापित भएको सङ्गठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो । संविधानमा उल्लेख भएअनुसार र नै समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागि परेको भन्दै उहाँले त्यसलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले प्रेस सेन्टरलाई समृद्धिको प्रवक्ताका रूपमा काम गर्न अनुरोध गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित