मध्य रातमा भीषण आगलागी, करोडौँको क्षति
मध्य रातमा भीषण आगलागी, करोडौँको क्षति

जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् ।

    • बेल संचार

    • ३० कार्तिक २०७८, मंगलवार

 मुगु

जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् ।

मंगलबार राती करीब साढे १२:२५ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ५ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगु ले जनाएको छ।

आगलागी स्थानीय ठीन्ले लामाको घरमा पुजामा बल्दै गरेको दियो ढल्कियर आगो सुरु भएको भन्ने बुझिन आएको स्थानीय भनाइ रहेको छ । रातीको साढे १२:२५ बजे आगलागी भएको थाहाभयपछी तत्काल स्थानीय बासी , सुरक्षाकर्मीको टोली आगो नियन्त्रण्मा जुटेको स्थानिय समाजसेवी सिंह मल्ल बताउनु भयो ।

आगलागीबाट कुनैपनी मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । आगलागी बाट अरबौको क्षेती भयको अनुमान गर्न सकिन्छ । आगलागी नियन्त्रणमा सदरमुकाम नजिकैका चैन

, श्रीनगर , कार्किवाडा , ढुम , भामवाडा ,ठिनी , इमा ,तुम लगायतका स्थानीयबासी ,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सहभागीता रहेको थियो ।

आगलागीमा परी २० घर र करिब ३५ वटा पसल ३ वटा होटेल र ४ वटा घुम्टी पसल जलि खरानी भएका छन् भने करोडौंको धनमाल, जिन्सी सामान, व्यापारीक सामान जलेर नष्ट भएको र

राति भएका कारण थप विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कायालय मुगुका डियसपी चित्र बहादुर भट्टराई ले जानकारी दिनुभयो । छयानाथ रारा नगरपालिका मा एउटा पनि

आगोनियन्त्रण बारुण यन्त्र तथा फायर फाइटर टिम नभयको स्थानिय बासिहरुको गुनासो रहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा राति साढे १२ बजेतिरआगलागी सुरु भएको हो ।

खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो । सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घरहरु जोडिएकाले ठूलो क्षति भएको र २१ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगो अरु फैलिन नदिनका लागि एउटा घरभत्काइएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा करीव ५ घण्टामा आगो नियन्त्रणमा लिइए पनि क्षतिकाे विवरण आएकाे छैन ।

साताकाे चर्चित
सम्बन्धित