पाल्पा । पाल्पाको ग्रामीण तथा सहरी क्षेत्रमा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । दक्ष कामदार, कोइला र बजार समस्याले परम्परागत आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको हो । जिल्लामा अधिकांश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो । युवाको विदेश पलायनका कारण पनि आरन व्यवसायमा युवा पुस्ताको आकर्षण हुन सकेको छैन । अधिकांश कृषि औजार जिल्ला बाहिरबाट आर्यात हुन थालेसँग आरनबाट उत्पादित सामग्रीहरुको किनबेचमा समस्या भएको व्यवसायी खुमबहादुर विश्वकर्माले बताए ।
पाल्पा बगनासकाली गाउँँपालिका–६ टोक्सेका खुमबहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गर्नुभयो । गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा मागअनुसार कृषि औजार पु¥याउन समस्या थिएन । पछिल्ला वर्षमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको विश्वकर्माले बताए । आरनमा हँसिया, कोदालो, फाली, ओदान, खुकुरी, लगायतका औजार उत्पादन हुँदै आएको थियो ।