काठमाडौं । अब राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।
उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । तर काम गर्दै जाँदा केही दिन अघिपछि हुन सक्छ ।’