तीन महिनाको अबधीमा ४ खर्ब ७८ अर्बको मालवस्तु आयात
तीन महिनाको अबधीमा ४ खर्ब ७८ अर्बको मालवस्तु आयात
    • बेल संचार

    • १ मंसिर २०७८, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा देशको कुल व्यापार  ४ खर्ब ७८ अर्ब रुपैयाँ बढीको मालवस्तु विभिन्न देशहरुबाट आयात गरेको छ ।

यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यही अवधिमा नेपालले विदेशका विभिन्न देशहरुबाट जम्मा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको थियोचालु आर्थिक बर्षको ३ महिनामा नेपालले गत बर्षको तुलनामा आयात वृद्धि गरेका केही बस्तुहरुले यो बर्ष आयातको हिस्सा बढाएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो बर्षको ३ महिनामा नेपालको आयात वृद्धिमा प्रमुख हिस्सा कच्चा भटमासको तेल रहेको छ । प्रशोधन नगरिएको कच्चा भटमास नेपाललमा ल्याई प्रशोधन गरेर तेल उत्पादन गरी विदेशमा निर्यात गर्ने क्रियाकलाप बढेपछि चालु आवको ३ महिनामा गत आवको सोही अवधिको तुलनामा यसको आयात १५३ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ ।

 

चालु आवको साउनदेखि असोजसम्म नेपालले २० अर्ब ६१ करोड रुपैयाँ बराबरको कच्चा सोयावीन तेल आयात गरेको छ । यो पछिल्लो ३ महिनामा धेरै आयात हुने वस्तुको सूचिको चौथो स्थानमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै धेरै आयात वृद्धि भएको दोस्रो स्थानमा पेट्रोलियम पदार्थ रहेको छ । चालु आर्थिक बर्ष सबैभन्दा बढी मूल्यवृद्धि भएको यसको आयात गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा यो बर्ष १३२ प्रतिशतले आयात बढेको छ ।नेपालले पछिल्लो ३ महिनामा ५४ अर्ब १ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

गत आवको सोही अवधिमा नेपालले २३ अर्ब १९ करोड रुपैयाँ बराबरको मात्रै पेट्रोलियम पदार्थको आयात गरेको थियो । यस्तै यो बर्ष गत आवको तुलनामा फलामको छड, तारलगायतको आयात पनि ह्वात्तै बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो ३ महिनामै नेपालले गत आवको सोही अवधिको तुलनामा फलामजन्य वस्तुहरुको आयात १२२ प्रतिशत बढी गरेको छ । गत आवको ३ महिनामा नेपालले यस्तो वस्तुहरु २ अर्ब ९६ करोड रुपैयाँ बराबरको गरेकोमा यो बर्षको पहिलो ३ महिनामा उक्त परिमाण बढेर ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको आयात भएको हो ।

यस्तै गत बर्षको तुलनामा यो बर्ष औषधि, हटरोल्ड सिट, यातायातका साधन तथा उपकरणलगायतको आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यी वस्तुहरुमा क्रमशः ६७, ६६ र ६४ प्रतिशतको वृद्धि भएको तथ्यांकमा उल्लेख छ । पछिल्लो ३ महिनामा धेरै आयात हुने वस्तुहरुको सूचिको पहिलो स्थानमा पेट्रोलियम पदार्थ, दोस्रोमा यातायातका साधन, तेस्रोमा मेशिनरी उपकरणलगायत रहेका छन् । यस्तै यो बर्ष धेरै आयात भएका वस्तुहरुमा दूरसंचारका उपकरण, कच्चा पाम तेल, एमएस बिलेटलगायतका वस्तुहरु रहेका छन् । राष्ट्र बैंकका अनुसार धेरै आयात हुने २० बस्तुले मात्रै नेपालको कुल आयातको ६१ प्रशित हिस्सा ओगटेका छन् ।

यस्तै चालु आवको ३ महिनामा नेपालले ६५ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ । यो गत आर्थिक बर्षको पहिलो ३ महिनाका तुलनामा १०९ प्रतिशतले बढी हो । गत आवको पहिलो ३ महिनामा नेपालले विभिन्न देशमा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यो बर्ष धेरै निर्यात वृद्धि भएका वस्तुहरुको सूचिमा भने क्रमशः पीना, भटमासको तेल, सुनचाँदीका गहना, रोसीनलगायतका वस्तुहरु रहेका छन् । यी वस्तुहरुको आयात गत बर्षको तुलनामा क्रमशः २४४, १८९, १६१ र ६८ प्रतिशतले बढ्दा यो बर्ष नेपालले आयात व्यापारमा उल्लेख्य प्रगति गरेको हो । यो बर्ष धेरै निर्यात हुने वस्तुहरुको सूचिमा भने भटमासको तेल, पाम तेल, पोलीस्टर धागो, उनको गलैँचालगायत रहेका छन् । चालु आवको ३ महिनामा नेपालले भटमासको तेल र पाम तेलमात्रै क्रमशः २२ अर्ब र १३ अर्बको निर्यात गरेको छ । तीन महिनामा नेपालमा ५४ अर्बको पेट्रोलियम पदार्थ आयात भए ।

साताकाे चर्चित
सम्बन्धित