नयाँ दिल्ली । भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । सौभाग्यवश, हेलिकप्टरमा रहेका दुवै पाइलट र चालक दलका तीन सदस्य सकुशल छन् । भारतीय वायुसेनाले यो जानकारी दिएको छ । हेलिकप्टर लामो समयदेखि प्रयोगमा नरहेको बताइएको छ ।
बिहीबार पाइलटले उडान भर्ने प्रयास गर्दा दुर्घटना भएको थियो । घटनाको कारण भने अझै खुल्न सकेको छैन । दुर्घटनापछि कोर्ट अफ इन्क्वायरीको आदेश दिइनेछ ।