बर्लिन । पुरातत्वविद्हरूले नदीको गहिराइमा यस्तो सिक्काको थुप्रो फेला पारेका छन्, जुन देखेर उनीहरू छक्क परेका छन् । यी सिक्काहरू १८०० वर्षअघि नदीमा गाडिएको विश्वास गरिन्छ। पुरातत्वविद्हरूले जर्मनीको अग्सबर्गमा यी सिक्काहरू फेला पारेका छन्।
नदीको गहिराईमा भेटिएको सिक्काको थुप्रो
लाइभ साइन्सको रिपोर्टका अनुसार पुरातत्वविद्हरूले यो वर्षको सुरुमा एउटा पुरानो नदीको गहिराइमा यो थुप्रो फेला पारेका थिए। सिक्काहरू खाडलमा छरिएका थिए, त्यसैले तिनीहरू सुरुमा कसरी राखिएका थिए भन्ने थाहा छैन। अग्सबर्ग सहरको पुरातत्व सेवाका निर्देशक सेबास्टियन गार्होसले उक्त ढिस्को उत्खनन गरेका हुन्। पुरातत्वविद्हरूले सिक्काको थुप्रो नजिकै अन्य कुनै कलाकृति नभेटिएको बताए।