मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान
मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ ।    

    • बेल संचार

    • ३ मंसिर २०७८, शुक्रबार

वीरेन्द्रनगर

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ ।

यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो ।

“नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित