सुकमेल खानुहोस, यी रोगबाट टाढा बस्नुहोस
सुकमेल खानुहोस, यी रोगबाट टाढा बस्नुहोस
    • बेल संचार

    • ४ मंसिर २०७८, शनिबार

काठमाण्डौ । हाम्रो भान्सामा सजिलै पाइने वा नियमित जसो मसलाको रुपमा प्रयोग गरिने सुकमेल स्वास्थको लागी फाइदाजनक हुन्छ । यो सामान्यतयाः विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ । तर यो बाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । यसको नियमित रुपमा प्रयोग गर्नाले हाम्रो शरीरमा हुने फाइदाहरु ।

स्वास्थको लागी लाभदायी छ भनेर सुकमेल धेरै खानुहुन्छ भने यो पनि तपाईको लागि राम्रो हुने छैन । सुकमेल दुई प्रकारको
हुन्छ । अर्थात ठूलो र सानो र दुई वटा नै मसालाको रूप मा प्रयोग गरिन्छ । तर ध्यान राख्नुहोस् सुकमेलको अत्यधिक उपभोग गर्नाले तपाईलाई नोक्सान पनि पुर्याउछ।त्यसैले हरेक दिन दुई देखी तीन ओटासम्म सुकमेल सेवन गर्नु तपाईको लागि लाभदायी हुनेछ ।

 

मुटुको धड्कनमा सुधारः

आजकल मुटुको रोग सामान्य भएको छ । प्रायः मानिसहरूको मुटुको धडकन कम हुन्छ । तर के तपाईलाई थाहा छ मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकमेल निकै प्रभावकारी
छ । सुकमेलमा पोटाशियम, क्याल्शियम र म्याग्नेशियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुज (त्ष्ककगभक) को मुख्य तत्व पोटेशियम हो। सुकमेलमा पोटाशियम पर्याप्त मात्रामा पाइन्छ ।

फोक्सोको समस्यालाई हटाउछः

सुकमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउछ । यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ । आयुर्वेदमा सुकमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ । त्यसकारण यसको सेवन गर्नाले तपाईको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ ।

रक्तचाप नियन्त्रण गर्छ

सुकमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ । यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ । मुखको गन्ध हटाछः सुकमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ । यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ।यदी तपाईको मुख धेरै गनाउछ र मान्छेहरु तपाइको छेउमा पर्न हिचकिचाउछन् भने हर समय एउटा सुकमेल मुखमा राख्न सक्नुहुन्छ ।

कब्जियतबाट राहत

पेटमा कब्जियत यानी बिरामीको निम्तो। त्यसैले सबैले प्रयास गरिरहेका हुन्छन् कि कब्जियतको समस्या नहोस्। यदि तपाई कब्जियतबाट पिडित हुनुहुन्छ भने सुकमेल पकाएको पानी पिउनाले तपाईलाई फाइदा गर्छ। यसले तपाईको पाचन क्रियालाई सहि बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ। यो पनि पढ्नुहोस् स् विहान उठ्न गाह्रो हुन्छ ? होशियार यी ४ रोगको लक्ष्यण!

वैवाहिक जीवनलाई सुखी बनाउनु

शायद तपाईलाई पनि थाहा छ होला सुकमेलको सेवन गर्नाले तपाइको सेक्स लाइफ अर्थात् यौन जीवनलाई पनि राम्रो हुन्छ। प्रत्येक दिन सुकमेलको प्रयोग गर्नाले तपाईको यौन जीवन सहि रहन्छ र तपाईको जिवन साथी पनि सधै खुशी हुन्छिन्। नपुंसकतामा पनि सुकमेलको प्रयोग गर्नु फाइदा हुन्छ।

उल्टी हुने समस्यामा राहत

तपाईलाई केहि किलोमिटर यात्रा गर्दा उल्टी हुने समस्या छ भने यात्रा शुरु गर्नुभन्दा पहिला सुकमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ।यदि तपाईलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ।

घाँटी दुख्ने हटाउनुहोस्स्

यदि मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पिडित हुनुहुन्छ भने सुकमेलको प्रयोग गर्नुहोस्। यसले दुखाइबाट राहत दिन्छ। यो पनि पढ्नुहोस् स् ग्रीन टीस् किन, कसरी,केका लागि,कति र कहिले पिउने?जान्नुहोस्

बिषालु पदार्थबाट छुटकारा

सुकमेलको प्रयोगले शरीरमा भएको बिषालु पदार्थहरुलाइ हटाउन मदत गर्छ। तपाईको शरीरमा विषालु पदार्थहरू बढ्नाले तपाईको स्वास्थ्य बिग्रन्छ। त्यसैले यदि तपाई हरेक दिन सुकमेलको सेवन गर्न सक्नु हुन्न भने हप्तामा तिन वा चार पटक सेवन गर्न आवश्यक छ।

एसिडिटीबाट राहत

तपाइलाई थाहा नै होला सुकमेलमा तेल पनि पाइन्छ। सुकमेलमा पाइने इसेंशियल आयलले पेटको आन्तरिक अस्तरलाइ बलियो बनाउछ।एसिडिटीको समस्याले पेटमा एसिड जम्मा हुन्छ। सुकमेलको सेवनले यो समस्या बिस्तारै हटाउछ।
तनाव मुक्त राख्छ
यदि तपाई प्रायः तनावमा हुनुहुन्छ भने सुकमेलको सेवनले तपाईलाई लाभदायक साबित गर्नेछ । तपाई एक्लै हुनुहुन्छ र तपाई अधिक तनावमा हुनुहुन्छ भने यस्तो अवस्थामा दुई ओटा सुकमेल मुखमा हालेर चपाउनुहोस्। यसलाई चपाउनाले तुरुन्त हार्मोनमा परिवर्तन आउछ र तपाई तनावबाट मुक्त हुनुहुन्छ।

साताकाे चर्चित
सम्बन्धित