यी हुन, पुरुषले महिलालाई धोका दिनुका ७ कारण !
यी हुन, पुरुषले महिलालाई धोका दिनुका ७ कारण !
    • बेल संचार

    • ४ मंसिर २०७८, शनिबार

काठमाडौँ । महिला या पुरुष ‘धोका’ सबैले दिने गर्छन् । केही समय पहिले हफीङ्स्टन पोस्टले एक सर्वेक्षण गरेको थियो । जसमा प्रतिशत पुरुष आफ्नो महिला मित्रलाई धोका दिन्छन् ।

यो आंकडा पश्चिमी मुलुकहरुमा देखाइएको थियो । तर के हाम्रो यो समाजमा धोका हुँदैन र ? परिभाषित गर्ने तरिका फरक हुनसक्छ तर हाम्रो समाजमा पनि धोका हुने गर्छ ।

 

  • १. भावनात्मक असन्तोष

पुरुष भावना शून्य हुँदैनन् । उनीहरु पनि भावुक हुन्छन् । जब उसलाई आफ्नो साथीबाट भावनात्मक सहयोग मिल्दैन त्यसपछि उ बाहिर खोज्न लाग्छ । यो नियम दुवै तर्फ लागु हुनेगर्छ ।

  • २. अलग काम गर्ने कोशिस

नयाँ गर्ने कोशिस हरेक पुरुषले गर्ने गर्छन् । पुरुष सधै आफ्नै दैनिक जीवनमा केही नयाँ खोजिरहन्छ अथवा सधै एक रोमान्चक चीजसँग सम्बन्ध गाँस्न चाहान्छ । उ छिटै आफ्नो जीन्दगीको विगतसँग असन्तुष्टि मान्ने गर्छ । जसका कारण सधै उ आफ्नो साथी बदल्न चाहान्छ ।

  • ३. आदतहरुमा बुझाई नमिल्नु

कहिलेकाँही पति–पत्निबीचको आदत मिल्दैन । यस्तोमा कयौं पुरुष आफ्नो पत्निको आदतबारे अन्य महिलासँग सार्वजनिक गर्छन् । यस्तो सम्बन्ध साथीको रुपमा परिवर्तन हुने गर्छ र पछि दोस्रो महिलासँग सम्बन्धको रुपमा विकास हुन्छ ।

  • ४. सहकर्मिको कारण

पुरुष जहाँ काम गर्छ त्यहाँ निकै धेरै समय व्यतित गर्नेगर्छ । यसको दौरान महिला सहकर्मीसँग लगाव बढ्नु नौलो कुरा होइन । कामको प्रक्रियामा कुनै पनि महिलासँग पुरुषको भेट हुनुपनि सम्बन्धमा कारक बन्नसक्छ ।

  • ५. सम्बन्धको ताजगी नरहनु

सम्बन्धमा ताजापन हरायो भने, केही समयमै सम्बन्ध मर्नसक्छ । कयौं समय पति या पत्निलाई लाग्छकी उनीहरुको सम्बन्धमा तालमेल मिलेको छैन । उनीहरुबीच रोमान्सको स्थान हुँदैन । यस्तो अवस्थामा पनि पुरुष नयाँ सम्बन्धको खोजीमा लाग्नसक्छ ।

  • ६. सेक्स जीवन

कुनैपनि जोडीको सेक्स लाईफमा केही समस्या हुन्छ । यस्तोमा गहिरो प्रभाव पुरुषको मनमा पर्छ र दोस्रो महिलाको बारेमा सोच्न थाल्छ ।

  • ७. साथीहरुको कारण

साथीहरुको दबाबमा आएर कयौं पुरुष विवाहपछि पनि अफेयर चलाउँछन् र आफ्नो श्रीमतीलाई धोका दिन्छन् । केही पुरुषलाई आनन्दको रुपमा लिन्छन् । उनीहरुलाई यस्तो हुनुमा कुनै गल्तिभएको लाग्दैन ।

कुनै पनि सम्बन्धलाई अगाडी बढाउनका लागि सबैभन्दा ठूलो योगदान विश्वास र प्रेमले पुर्याउँछ ।

 

साताकाे चर्चित
सम्बन्धित