चोलेन्द्रको फैसला,सार्बजनिक पोखरी पनि ब्यक्तिको नाममा
चोलेन्द्रको फैसला,सार्बजनिक पोखरी पनि ब्यक्तिको नाममा
    • बेल संचार

    • ४ मंसिर २०७८, शनिबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ ।

जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् ।

 

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता कायम गरिएको निर्णय बदरका लागि महानगरले सम्बन्धित निकाय र कार्यालयहरूमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको पनि सरावगी बताउँछन् ।कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए ।

जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियाे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

साताकाे चर्चित
सम्बन्धित